• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • एमाले अध्यक्ष ओली कोरोनाबाट संक्रमित

एमाले अध्यक्ष ओली कोरोनाबाट संक्रमित

  • आइतवार, माघ ९, २०७८
एमाले अध्यक्ष ओली कोरोनाबाट संक्रमित

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

ओली बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको उनले बताए ।

एमाले अध्यक्ष ओली मिर्गौला प्रत्यारोपणको बिरामी भएकाले यसअघि स्वास्थ्य सावधानीका उपाय अपनाउँदै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार