शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढीगंगा
  • बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते, अबस्था गम्भिर

बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते, अबस्था गम्भिर

  • शनिबार, माघ ८, २०७८
बाजुरामा भालुको आक्रमणबाट एक महिला घाईते, अबस्था गम्भिर

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकाको वडा न ४ स्थित खडलवाडाकी एक महिला आज विहान जङ्गली भालुको आक्रमणमा परि घाईते भएकी छन । घाईते हुनेमा सोही नगरपालिका वडा न ४ खडालवाडाकी ४८ बर्षिया नन्दा रावत घाईते भएकी हुन ।
बिहानको समयमा घर नजिकै भालुले आक्रमण गरेको उनका छोरा राजेन्द्र रावतले जानकारी दिएका छन । भालुको आक्रमणबाट उनलाई टाउको, तिघ्रा लगायत शरिरका बिभिन्न ठाउँमा गहिरो चोट लागेको रावतले बताएका छन । उनलाई थप प्राथमिक उपचारका लागी टाटेँ स्वास्थ्य चौकीमा लगिएकाे पारीवारीक श्रोतले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार