• होमपेज
  • समाचार
  • सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

  • शनिबार, माघ ८, २०७८
सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

धनगढी — सेती प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मुटुको समस्या देखिए पछि उनी उपचारका लागि पुष २५ गते उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए। उनको पिसिआर परिक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनको  उपचारका क्रममा शुक्रबार मृत्यु भएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार