
काठमाडौं — मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटिदिएका छन्। उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो।
प्रदेश१–००१ख ८१८९ नम्बरको ट्रक मुखियाले विराट चोकस्थित एक होटेलमा राति खाना खाएर सडकमा बालिएको आगो ताप्न गएका थिए। तर पहिलेदेखि नै आगो तापिरहेका स्थानीय युवाहरुसँग उनको विवाद भएको इलाका प्रहरी बेलबारीले जनाएको छ। कान काटेर फरार भएका व्यक्तिको खोजी भइरहेको र चालकको उपचार भइरहेको प्रहरीले बताएको छ।
