शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • नेपालमा कोभिड १९ सुरु भएदेखि नै अग्र मोर्चामा रहेका डा. गौचनलाई दोश्रो पटक संक्रमण ।

नेपालमा कोभिड १९ सुरु भएदेखि नै अग्र मोर्चामा रहेका डा. गौचनलाई दोश्रो पटक संक्रमण ।

  • शुक्रबार, माघ ७, २०७८
नेपालमा कोभिड १९ सुरु भएदेखि नै अग्र मोर्चामा रहेका डा. गौचनलाई दोश्रो पटक संक्रमण ।

पूर्ण बहादुर खड्का / काठमाण्डौँ — गण्डकी प्रदेशको पोखरामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई दोश्रो पटक कोरोना संक्रमण भएको छ । बिरामीको उपचारमा प्रत्यक्ष संलग्न रहेको निर्देशक डा. गौचन तेश्रो लहरबाट संक्रमण हुन पुगेका छन् ।

कोरोना भाईरस कोभिड १९ संग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले शुक्रबार आफ्नो परिक्षण गरेका थिए । परिक्षणमा भाईरसको संक्रमण पुष्टी भएको उनले बताए । संक्रमण भएपछि आफु सुरक्षित आईश्वलेशनमा रहेको भन्दै सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।

डा. गौचन नेपालमा कोरोना भाईरसको संक्रमण कसुरु भएदेखि नै सक्रिय भएर उपचारमा खटिरहेका छन् । नेपालमा पहिलो भेरियण्ट सुरु हुदाँ देखि नै उनको सक्रियतामा कुनै कमी छैन् । पहिलो चरणको कोरोना सुरु हुदाँ डा. गौचनले अछाममा रहेको बयालपाटा अस्पतालमा रहेर बिरामीको उपचार गरेका थिए ।

उनले अस्पतालको नेतृत्व संगै आफु प्रत्यक्ष सहभागी हुदैँ कोरोना संक्रमण बिरामी तथा संक्रमण भएका अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीको समेत उनले उपचार गरेका थिए । संक्रमण कम गर्न र फैलिन नदिन समेत उनले अछाम रहेका बेला महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए ।

उपचारमा संलग्न हुदै गर्दा डा. गौचन अछाममा पहिलो पटक आफै कोरोनाको संक्रमणमा परेका थिए । त्यसपछि उनी गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोगको कार्यकारी निर्देशक भएर पोखरा गएका थिए । उनले त्यहाँ रहदाँ अस्पतालको व्यावस्थापन पक्ष सबल बनाउदैँ बिरामीको समेत उचार गर्दै आईरहेका थिए ।

सोही क्रममा उनि शुक्रबार दोश्रो पटक कोरोनाको संक्रमणमा परेका हुन् । उनले संक्रमित भएपनि सबैलाई मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र भौतिक दुरी कायम राख्न आग्रह गरेका छन् । कोरोना संग डराउन भन्दा पनि आफु सुरक्षित रहने उपाय अबलम्बन गर्नु पर्ने उनको सुरु देखिकै धारणा छ ।

दुई चरणको खोप लगाई सकेको भएपनि बिरामीको उपचारमा प्रत्यक्ष संलग्न हुदाँ आफुलाई संक्रमण भएको हुन सक्ने डा. गौचनको भनाई छ । खोप लगाईसकेको छु तर पनि कोरोनाको संक्रमण देखियो उनले भने सबैले सुरक्षित भएर साबधानी अपनाउनुको बिकल्प छैन् ।

डा. गौचन कार्यकारी निर्देशक रहेको संक्रामक तथा सरुवा रोग अस्पतालले हाल सम्म १३ सय भन्दा बढी कोरोना बिरामीको उपचार गरी निको बनाएर घर पठाएको छ । ६० देखि ७० बर्ष सम्मका बृद्ध तथा बृद्धाको समेत अस्पतालले उपचार गर्न सफल भएको उनले बताए ।

बिरामीको उपचारलाई पहिलो प्राथमिक्ता राख्नु पर्छ भन्ने सोच भएका डा. गौचन बिरामीलाई पूर्णरुपमा निको भएपछि मात्र घर पठाउने गरेका छन् । बिगत १ बर्ष देखि उनले पोखराको संक्रामक तथा सरुवा रोग अस्पतालको व्यावस्थापकिय जिम्मेवारी संगै बिरामीको समेत उपचार गरिरहेका छन् ।

डा. गौचनले यसअघि अछामको बयालपाटा अस्पतालमा एक दशक बढी बिरामीको उपचार गरेका छन् । उनले अस्पतालको नेतृत्व संगै दुर्ग क्षेत्रका जनताको स्वास्थ्य उपचार सेवा गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार