
विराटनगर — मोरङको रतुवामाई नगरपालिका–९ डिपोमा करेन्ट लागेर पुलमा काम गर्ने एक जना कामदारको बिहीबार साँझ मृत्यु भएको छ।
करेन्ट लाग्दा रुकुम पूर्वको घुमे गाउँपालिका–७ का २५ वर्षीय मदन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी बक्राहा खोलामा निर्माणाधीन झोलुंगे पुलमा कार्यरत कामदार हुन्।
प्रहरीका अनुसार पानी तान्ने मोटर जडान गरेको कल चलाउने क्रममा विद्युत् सर्ट भएर श्रेष्ठलाई साँझ ६ बजेतिर करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनको उपचारका क्रममा उर्लाबारीको अरनिको अस्पतालमा ६:४५ बजेतिर मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।
