• होमपेज
  • समाचार
  • विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

साढे १६ लाख निको, ८ हजार संक्रमितको मृत्यु

  • बिहिबार, माघ ६, २०७८
विश्वभर एकै दिनमा साढे ३२ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौँ —  विश्वभर एकै दिनमा ३२ लाख ६३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा अमेरिकामा सबैभन्दा धेरै ५ लाख ३२ हजारमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी फ्रान्समा ४ लाख ३६ हजार, ब्राजिलमा २ लाख ५ हजार, इटलीमा एक लाख ९२ हजार, स्पेनमा एक ला ५७ हजार, जर्मनीमा एक लाख २१ हजार, अर्जेन्टिनामा एक लाख २८ हजार र बेलायतमा एक लाख ८ हजार थपिएका हुन् ।

यही अवधिमा १६ लाख ६५ हजार निको भएका छन् भने ८ हजार २४३ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पनि अमेरिकामा सबैभन्दा धेरै एक हजार ८३४ जना छन् ।

त्यसैगरी रुसमा ६९८, बेलायतमा ३५९, ब्राजिलमा ३४९, इटलीमा ३८०, जर्मनीमा २५८, अर्जेन्टिनामा २०८, टर्कीमा १७६ र स्पेनमा १६० जना संक्रमितको मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार