• होमपेज
  • समाचार
  • कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु

कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु

  • मङ्लबार, माघ ४, २०७८
कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु

कैलालीको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको छ । सोमबार साँझ पौने ६ बजेतिर जिर्ण भैसकेको काठको पुलमा सेल्फी खिच्न लाग्दा उनी त्यहाँबाट गोदावरी खोलामा खसेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले  बताए ।

३९ वर्षका शिक्षक भाटको खुट्टा, टाउको र शरीरमा चोट लागेको छ । आफन्तहरुका अनुसार उनी घरबाट नेपालगञ्ज जान भनेर हिँडेका थिए । मृतकका भाई ठण्डराज भाटले खुट्टामा मात्र चोट लागेको भन्दै दाईको हत्या भएको दाबी गरेका छन् ।

तर, गोदावरीमा होटल संचालगन गर्ने एकजना महिलाले ‘नजानु’ भन्दभन्दै उनी जिर्ण पुलमा गएको र लडेको देखेको प्रहरीलाई बताएकी छिन् । प्रहरीले साँझ ५ बजेपछि सो पुलमा जान कडाई गरेको डिएसपी जोशीले बताए । उनले भने–‘बैकल्पिक पुल भएको हुनाले हामिले सो पुलमा जान कडाई गरेका छौं ।’ इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाबारे अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार