• होमपेज
  • बडिमालिका
  • बाजुरामा अक्सिजन पलान्ट निर्माणको कार्य अन्तीम चरणमा

बाजुरामा अक्सिजन पलान्ट निर्माणको कार्य अन्तीम चरणमा

  • मङ्लबार, माघ ४, २०७८
बाजुरामा अक्सिजन पलान्ट निर्माणको कार्य अन्तीम चरणमा

बाजुरा — जिल्ला अस्पताल बाजुरामा जडान कार्य भईरहेको अक्सिजन पलान्ट जडानको कार्य अन्तीम चरणमा पुगेको छ । प्रतिनिधी सभा सदस्य तथा बाजुराका सांसद लाल बहादुर थापा र प्रदेश सरकारका तत्कालीन मन्त्री प्रकाश शाहको पहलमा भएको अक्सिजन पलान्ट तयारी अबस्थामा आएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले बताउका छन । अक्सिजन पलान्ट निर्माणको कार्य मंगलबार साझँ सम्म सबै काम सकिने डाक्टर जोशीले बताएका छन ।
अक्सिजन पलान्ट बनाउने कम्पनीको म्याद भदौ १५ गते सम्म रहेको भए पनि बाटोका कारण सामान ढुवानीमा समस्या भएका कारण माघमा आएर सम्पन्न गर्न सफल भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुरामै अक्सीजन पलान्ट निर्माण भए बाजुरामा अक्सीजन अभाव नहुने जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार