शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • मार्तडी बजार ब्यबस्थापन समितिद्धारा भाेलीदेखी आन्दोलन गर्ने घोषणा

मार्तडी बजार ब्यबस्थापन समितिद्धारा भाेलीदेखी आन्दोलन गर्ने घोषणा

  • सोमवार, माघ ३, २०७८
मार्तडी बजार ब्यबस्थापन समितिद्धारा भाेलीदेखी  आन्दोलन गर्ने घोषणा

बाजुरा — बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बिद्युत अनियमितता भएको भन्दै मार्तडी बजार ब्यबस्थापन समितिको अगुवाईमा माघ ४ गते देखी आन्दोलन गर्ने घोषणा गरेको छ । मार्तडी बजार ब्यबस्थापन समितिले जिल्ला प्रशासन कार्यालय बाजुरा बिद्युत प्राधिकरण र त्रिबेणी साना जल बिद्युत केन्द्रमा यस अघि नै ज्ञापन पत्र बुझाउदै आन्दोलन गर्ने घाेषणा गरेकाे थियाे । मार्तडी बजारमा बिद्युत नियमित नहुदा बजारमा रहेकाे बिद्युतबाट संचालन गरिने ब्यबासायीहरुले हैरानी खेप्नुपर्ने बाध्यता रहेका भन्दै बजार ब्यबस्थापन समितिले ज्ञापन पत्र बुझाउदै पुर्व घाेषणा कार्यक्रम अन्तरगत बजार ब्यबस्थापन समितिका काेषाअध्यक्ष सुरेन्द्र नाथले जानकारी दिएका छन ।
दैनिक ६ देखी १० घण्टाको लोडसेडीङले बजारबासीले हैरानी खेप्तै आएकोले सोको समाधान तत्काल गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रमहरू तय गरिएकाे बताएका छन । बजार ब्यबस्थापन समितिले माघ३ गते देखी चरणबद्ध आन्दोलन समेत गर्ने सो पुर्ब निर्धारीत कार्यक्रम रहेकाे  उल्लेख गरिएको छ ।
बजार ब्बस्थापन समितिले  माघ ४ गते देखी दिउसो टर्चलाईट बालेर आन्दोलन गर्ने जनाएको छ । त्यसै गरी जिल्ला प्रशासन कार्यालय बाजुरा, बिद्युत प्राधिकरणको कार्यालय र त्रिबेणी बचत तथा रिण सहकारीद्धारा संचालित बाजुरा साना जलबिद्युत केन्द्रमा तालाबन्दी गर्ने बजार ब्यबस्थापन समितिले जनाएको छ । त्यसै गरी कालो पट्टी बाधेर बजारमा नाराजुलुस गर्ने, नगरपालिकामा धर्ना दिने लगायतका कार्यक्रमहरु तय गरिएको बजार ब्यवस्थापन समिति बाजुराले जनाएको छ । यातायात समेत अबरोध गर्नुका साथै बजार बन्द समेत गर्ने कार्यक्रम रहेको बजार ब्यबस्थापन समितिको पुर्ब सुचनका तथा केही दिन पहिला जिल्ला प्रशासन कार्यालयमा बुझाएकाे ज्ञापन पत्रमा उल्लेख गरिएको थियाे ।

चर्चामा

सम्बन्धित समाचार