बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कृषि मन्त्री मुर्दावाद नाराको साथ् जनमत पार्टीको महारैली प्रदर्शन

कृषि मन्त्री मुर्दावाद नाराको साथ् जनमत पार्टीको महारैली प्रदर्शन

  • आइतवार, माघ २, २०७८
कृषि मन्त्री मुर्दावाद नाराको साथ् जनमत पार्टीको महारैली प्रदर्शन

मेवालाल यादव/ रौतहट — सिके राउत नेतृत्वको जनमत पार्टीले आज रौतहट सदरमुकाम गौरमा प्रर्दशन गरेको हो । कृषि मन्त्री मुर्दावाद ,किशानको माग पुरा गरौ ,सिके राउत जिन्दावाद नाराको साथ प्रदेश -२ का हरेक जिल्लामा आज जनमत पार्टीका किशानहरुले महारैली प्रर्दशन गरेका छन् ।
किसानको समस्याहरु सरकारले समाधान गर्नु पर्ने माँग राख्दै जनमत पार्टीले प्रदेश २ का जिल्लाहरुमा कार्यक्रम गर्दै आएका छन् । किसानहरुलाई बिउबिजन, मलखाद तथा आवश्यक सामग्रीहरु सहजरुपमा वितरण गर्नु पर्ने तथा किसानले भोग्दै आएका समस्याहरु समाधानका लागी सरकारले तत्काल पहल गर्नुपर्ने माँग राख्दै किशानहरुले महारैली प्रर्दशन गरेका छन् ।

जनमत पार्टीका रौतहट जिल्ला सचिव बिकाश कुमार यादवले किसानका माँग प्रति सरकार गम्भीर नभएको बताए । सकारको ध्यानाकर्षणका लागी आजै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उनले बताए । प्रर्दशनमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट किसानहरु गौर आएको उनले बताए ।

किसानहरुले हलो, कोदालो, टायरगाडा लगायतका कृषि सामग्रीहरु सहित गौरमा प्रर्दशन गरेको जनमत पार्टीका केन्द्रीय सदस्य ललित मल्लिक शानुले बताए । तराई मधेका किसानहरु वर्षौ देखि अभावमा बाच्नु परेको तथा कृषकको हितका लागी सरकारले कहिल्यै नसोचेको उनले बताए ।

जनमत पार्टीका रौतहट युवा संघका संयोजक बिबेक कुमार झाले किसानका माँग प्रति सरकार गम्भीर नभएको बताए । प्रर्दशनमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट किसानहरु गौरमा आएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार