मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • सोमबारदेखि पुनः हिमपातको सम्भावना

सोमबारदेखि पुनः हिमपातको सम्भावना

  • आइतवार, माघ २, २०७८
सोमबारदेखि पुनः हिमपातको सम्भावना

हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । साथै तराईका केही स्थानहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सोमबार भने दिउँसो : सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

त्यस्तै मंगलबार पहाडी भू-भागमा आंशिक देखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

चर्चामा

सम्बन्धित समाचार