• होमपेज
  • समाचार
  • युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • शनिबार, माघ १, २०७८
युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ नारायणटारबाट एक युवक पक्राउ परेका छन् ।

युवतीमाथि करणी गरेको आरोपमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–३ गुम्छाका २१ वर्षीय सुजन श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोली श्रेष्ठलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार