• होमपेज
  • समाचार
  • बझाङ प्रहरीको दादागिरी:हबल्दारले गरे मदिरा सेवन गरी बुद्धालाई बिच सडकमै लाठी चार्ज

बझाङ प्रहरीको दादागिरी:हबल्दारले गरे मदिरा सेवन गरी बुद्धालाई बिच सडकमै लाठी चार्ज

  • शनिबार, माघ १, २०७८
बझाङ प्रहरीको दादागिरी:हबल्दारले गरे मदिरा सेवन गरी बुद्धालाई बिच सडकमै लाठी चार्ज

अर्थ जङ्ग शाही/बझाङ — बझाङमा शत्ता र शक्तिको अाडमा प्रहरी हवल्दारले एक जना बृद्धलाई कुटेका छन । जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत प्रहरी हवल्दार हर्जित लुहारले मष्टा गाउँपालिका – ४ का ७० बर्षका जोगिरी बहादुर कठायतलाई निर्घात कुटपिट गरेका हुन ।

कडायतलाई प्रहरी हवल्दार लुहारले बझाङ जिल्लाकाे सदरमुकाम चैनपुर बजारमा कुटपिट गरेका हुन्।
स्थानीयका अनुसार प्रहरी हवल्दार रक्सिले मातेको बताएका छन ।

कुटपिट पछि बेहोस भएका कठायतालाई जिल्ला अस्पताल सिमखेतमा भर्ना गरिएको छ ।

उक्त घटना माथि छानबिन गरि प्रहरी हबल्दार लुहारलाई नियन्त्रणमा लिइएको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार