बाजुरा — नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो बैठकबाट बाजुरामा एमालेले टोलटोलमा संगठन घरघरमा एमाले बनाउने निणर्य गरेको छ । बुधबार नेकपा एमाले बाजुराको सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा पार्टीको पहिलो बैठकबाट गरेका निणर्यहरु सार्वजनिक गरिएका हुन । पार्टीको पहिलो बैठकले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै नवनिर्वाचित सचिव भरत थापाले अव बाजुरामा एमालेलाई बलियो बनाउने गरी नवनिर्वाचित कमिटी लाग्ने निर्णय गरिएकाे बताएका छन
।
एमालेको सातौँ जिल्ला अधिवेशनबाट सहमतिका साथ आएको नेतृत्वले एकताको शन्देश प्रवाह गरेको सविच थापाको भनाई थियो । त्यस्तै एमालेको पहिलो वैठकले सातौं जिल्ला अधिवेशनलाई सौहार्दपूण तरिकाले सम्पन्न गर्न सहयोग गरेकोप्रति सवैलाई धन्यवाद समेत दिएको सचिव थापाले बताएका छन । त्यस्तै नेकपा एमालेको सातौ जिल्ला अधिवेशनको शन्देश दिन जिल्लाका ९ वटै स्थानीय तहका प्रत्येक टोलटोल र घरघरमा माघ २ गतेदेखि ८ गतेसम्म सन्देश सप्ताहका रुपमा मनाउने निणर्य गरेको सचिव थापाले बताएका छन ।