बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

  • मङ्लबार, पुस २७, २०७८
माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको परीक्षणपछि आएको रिपोर्टमा अध्यक्ष नेपाललाई संक्रमण पुष्टि भएको सो पार्टीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘परीक्षण गर्दा मंगलबार कोरोना पुष्टि भयो’, खतिवडाले भने, ‘अहिले उहाँको अवस्था सामान्य छ घरमै आइसोलेसनमा बस्नुभएको छ ।’ यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ लगायतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार