बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

  • आइतवार, पुस २५, २०७८
तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

काठमाडौं महानगरपालिका-२२ न्यूरोड पाको डेरा गरी बस्ने सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-५ घर भएका ४४ वर्षीय झलक बहादुर श्रेष्ठको कोठामा तास खेलिरहेको अवस्थामा झलक बहादुर लगायत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त कोठामा तास खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त जनसेवाबाट खटिएको प्रहरीले तास खेलिरहेका उनीहरुलाई १ बुक तास र नगद २ लाख १ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार