• होमपेज
  • समाज
  • लोपोन्मुख जातीमा राख्नुपर्ने माग राख्दै सोनाहा समुदाय प्रधानमन्त्रि कहाँ

लोपोन्मुख जातीमा राख्नुपर्ने माग राख्दै सोनाहा समुदाय प्रधानमन्त्रि कहाँ

  • आइतवार, पुस २५, २०७८
लोपोन्मुख जातीमा राख्नुपर्ने माग राख्दै सोनाहा समुदाय प्रधानमन्त्रि कहाँ

काठमाडौ–नेपालको कैलाली, कञ्चनपुर र बर्दियामा रहेका सोनाहा समुदायाले लोपोन्मुख जातीमा सुचिकृत हुनुपर्ने माग राख्दै प्रधानमन्त्रि कहाँ ज्ञापनपत्र बुझाएका छन् । शनिवार प्रधानमन्त्रि निवास बालुवाटार पुगेर प्रधानमन्त्रि शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएको लक्ष्मण सोनाहाले वताएका छन् ।
जनगणना २०६८ का अनुसार नेपालमा १२ सय ५ जना सोनाहा जातीको संख्या रहेको उल्लेख रहेको छ । सोनाहा समुदाय बर्दियाको राजपुर र गैरुवा गाउँपालिकामा बसोवास गरिरहेका छन् । त्यस्तै कैलालीको चिसापानी र कञ्चपुरको ऐरी ठाउँमा बसोवास गर्दै आएका छन् । पटक पटक लोपोन्मुख जातिमा सुचिकृत गर्न माग गरेपनि कतै बाट वास्ता नभएपछि प्रधानमन्त्रि कहाँ पुगेको सोनाहा विकास समाज बर्दियाको अध्यक्ष शान्ती सोनाहाले वताएकि छन् ।
प्रधानमन्त्रि देउवा समक्ष पनि सर्बोच्च अदालतको परमादेश फैसला अनुसार सोनाहा जातिलाई नेपालको मुल कानुनमा लोपन्मुख आदिबासि जनजातिमा सुचिकृत गराउन का निम्ती ज्ञापन पत्र बुझाएका छन् । प्रधानमन्त्रि देउवाले सोनाहा समुदायको अबस्थाको अध्ययन गरेर फैसला कार्यनवयन गर्न लगाउने प्रतिबद्धता जनाएका छन् ।
सोनाहा समुदायले परम्परागत रुपमा सुन चाल्ने, माछा मार्ने पेशामा आस्रित रहेका छन् । बिषेश गरि बनजंगलको आसपास, नदि किनार मा बसि माछा मार्ने, सुन चाल्ने मुख्य पेशा रहेको भएपनि सोनाहा जाति लोपन्मुख आदिबासि हुदाहुदै पनि राज्यले यस जातिलाई सुचिकृत आदिबासि जनजातिको औपचारिक मान्यता दिन सकेको छैन् । अहिले सोनाहा जातिको अस्तित्व नै संकटमा पर्दै गइरहेको फियान नेपाल नामक गैरसरकारी संस्थाका महासचिब सत्य तोवानाले वताएका छन् ।
२०६५ चैत्र ५ गतेको मन्त्रि परिषदको निणर्यानुसार आदिबासि जनजाति सुचि परिमार्जन गर्न गठित उच्चस्तरीय कार्यदलले समेत सोनाहा जातिलाई समेटन नसकेको समुदायले वताएका छन् । राज्यबाट अरु आदिबासि जनजाति तथा लोपन्मुख जातिले पाउने संरक्षण, आरक्षण तथा सेवा सुबिधाबाट सोनाहा समुदाय बञ्चित भएका छन् ।
सर्बोच्च अदालत बाट २०७२ मंसिर १६ गते लोपन्मुख अवस्थामा रहेका सोनाहा जातिलाई अब अबिलम्ब जो चाहि आवश्यक पकृया पुरा गरि अनुसुचिमा छुट भएको जातिको रुपमा समाबेश गरी आदिबासि/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ को दफा २ क संग सम्बन्धित अनुसुचिमा सुचिकरण गर्न भनेको थियो । बिपक्षि नेपाल सरकार मन्त्रिपरिषदको नाममा परमादेश जारि भएको थियो । ६ बर्ष बिति सक्दा पनि कुनै फैशला कार्यान्वय नहुनुबाट हामि सोनाहा जाति निरास बन्दै गएको समुदायले वताएका छन् ।
आफनो छुट्टै मातृभाषा र परम्परा, रितिरिवाज, छुट्टै साँस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र अलिखित इतिहास रहेको समुदायले वताएका छन् । सोनाहा जातिलाई सुचिकृत नगरि समान पकृति भएका अरु जातिलाई आदिबासि जनजातिमा सुचिकृत गर्नुले राज्यले कसैलाई काखा कसैलाई पाखा गरेको ज्ञापनपत्र बुझाउन काठमाडौ पुगेका बल बहादुर सोनाहाले वताए । सोनाहा जातिको मुख्य पेशा सुन चाल्ने हो, यस्तो सीप तथा ज्ञान एउटा पुस्ता बाट अर्को पुस्तामा सर्दै जाने भएको सन्र्दभमा अल्पसंख्यक रुपमा रहेको यस जाति राज्यको संंरक्षणको अभावमा लोप हुदै जाने भएको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार