शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको बन्दसर्त अझै सुरु हुन सकेन

नेकपा एमाले बाजुराको बन्दसर्त अझै सुरु हुन सकेन

  • शनिबार, पुस २४, २०७८
नेकपा एमाले बाजुराको बन्दसर्त अझै सुरु हुन सकेन

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको बन्द सर्त बिहान ११ बजे देखी सुरु हुने भनिए पनि बस्न सकेको छैन । सुक्रबारबाट सुरु भएको नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौँ जिल्ला अधिबेशन सुरु भएको थियो । उद्धघाटन समारोह सकिए संगै शनिबार बिहान ११ बजे देखी हुने भनिएको बन्दसर्त भने ३ बजे सम्म पनि हुन नसकेको नेकपा एमालेको श्रोतले जनाएको छ ।
अधिबेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने भएकोले बिभिन्न ठाउँमा सहमतीका लागि नेताहरु जुटिरहेकाले सो बन्दसत्रको समय लामो हुन सक्ने एमालेका एक नेताले बताएका छन । नेकपा एमाले बाजुरामा दुई ओटा टिमलाई मिलाउन केन्द्रीय नेताहरुले सहमतीको लागी जिल्ला स्थरका नेता तथा आकाङ्क्षीहरुलाई मिलाउन लागेका जनाएको छ ।
यता जिल्ला प्रतिनिधीको रुपमा जिल्लामा आएका नेता कार्यक्रताहरुले भने यो अधिबेशन लामो हुदै गए खर्च बढि हुने भन्दै सहमती भए पनि चुनाव हुने भए पनि चाडैँ सक्नुपर्ने बताएका छन । खर्चको मारमा पार्नका लागि नेताहरुले अधिबेशन लम्बाउदै गएका प्रतिनिधीहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार