बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन : नेताको भनाइ सहमती, कार्यक्रताको रोजाई चुनाव

नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन : नेताको भनाइ सहमती, कार्यक्रताको रोजाई चुनाव

  • शनिबार, पुस २४, २०७८
नेकपा एमाले बाजुराको साताैँ जिल्ला अधिबेशन : नेताको भनाइ सहमती, कार्यक्रताको रोजाई चुनाव

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको सातौ जिल्ला अधिबेशन यही पौष २३ गते देखी सुरु भएको छ । अधिबेशनको बन्द सत्र आज शनिबार ११ बजेदेखी सुरु हुने नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख तथा अधिबेशन प्रचार प्रसार उप समितिले जनाएको छ ।
सातौ जिल्ला अधिबेशनको उद्धघाटन समारोहमा सम्बोद्धन गरेका प्रदेश र केन्द्रीय नेताहरुको एकै बोली सहमतीको आधारमा हामी अधिबेशन सम्पन्न गछौ भन्ने उद्धघोष रहेको थियो ।
तर सोही कार्यक्रममा सहभागी हुन गएका एमालेका केही कार्यक्रताहरु दर्शकको रुपमा उपस्थित भएकाले चुनाव गरेर मात्रै नेतृत्व छान्न सकिन्छ भन्ने आशय ब्यक्त गरिरहेका थिए ।
जिल्लामा अधिबेशन हुदै गर्दा उद्धघाटन कार्यक्रम भित्रै मत माग्ने प्रक्रिया समेत सुरु भएको थियो । यस अघि हल भन्दा बाहिर बाट अध्यक्षको जिम्मेवारी पाएका काली बहादुर शाही पक्षधरहरु भने कोही देखीएका थिएनन । यता अध्यक्षका प्रत्यासी लाल बहादुर ओली निकटका कार्यक्रताहरु पार्षदहरुलाई छेउमा बोलाउदै यस पटक ओलीलाई अध्यक्षमा सहयोग गर्नुहोला भन्दै मत मागिरहेका थिए । लाल बहादुर ओली मचंमै थिए तर उनका कार्यक्रता सो भिडमा पनि प्रतिनिधीहरुलाई तानेर छेउमा लगेर मत माग्ने गरेका थिए । उनिहरुलाई उच्च पदस्थ नेताले के बोले भन्दा पनि लाल बहादुर ओलीलाई कसरी जिताउने भन्नेमा लागेका देखीएका थिए ।
एमालेको उद्धघाटन कार्यक्रममा काली बहादुर शाही लगायतका नेताका समर्थक भने यतिका बर्ष सम्म निर्बाचित नभएरै कालिबहादुर शाहीले पार्टी चलाएको र अब हलबाट शाहीलाई कार्यकारी अध्यक्ष बनाउन पार्टीको अग्रपंक्तीका नेताहरुले सहयोग गर्नुपर्नेमा मुखामुख गरिरहेका देखीएका थिए ।
यसरी बाहिरबाट निहाली रहदा यसपटक नेकपा एमालेको अधिबेशन लम्बिन सक्ने सम्भावना रहेको छ । जिल्लामा नेकपा एमाले स्थायी कमिटि सदस्य कणर् बहादुर थापा र केन्द्रीय सदस्य लाल बहादुर थापाका छुट्टाछुट्टै समुह हुने पक्का देखीएको छ । सहमतीको प्रयास अन्तिम सम्म रहने देखीएको छ । स्थायी कमिटि सदस्य कणर् बहादुर थापाको प्यानलमा लाल बहादुर ओली अध्यक्षका प्रत्यासी रहेका छन भने यता नेकपा एमाले केन्द्रीय सदस्य लाल बहादुर शाहीको प्यानलबाट काली बहादुर शाही नै दोहोरिने अध्यक्षका प्रत्यासी समेत रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार