मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • एमाले बाजुरामा दुइ धार , केन्द्रिय सदस्य थापाद्धयका आ-आफ्नै उम्मेद्धार

एमाले बाजुरामा दुइ धार , केन्द्रिय सदस्य थापाद्धयका आ-आफ्नै उम्मेद्धार

  • शुक्रबार, पुस २३, २०७८
एमाले बाजुरामा दुइ धार , केन्द्रिय सदस्य थापाद्धयका आ-आफ्नै उम्मेद्धार

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन आज हुने भएको छ । अधिबेशन नजिकीए संगै बाजुरामा अध्यक्ष लगायत पदाधीकारी हरुको आकाङ्क्षीहरु पनि बढ्दै गएका छन ।
जसमा नेकपा एमाले बाजुरा दुई धारमा देखीने पुर्ब संकेत देखीएकाे छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थाई कमिटि सदस्य कर्ण बहादुर थापा र केन्द्रीय सदस्य लाल बहादुर थापाको फरक फरक  धारमा हुने  मतदान हुने अनुमान गरिएको छ । नेकपा एमाले स्थाई कमिटि सदस्य कर्ण बहादुर थापाको टिमबाट लाल बहादुर ओली अध्यक्षका उम्मेद्धार रहने र केन्द्रीय सदस्य लाल बहादुर थापाको टिमबाट काली बहादुर शाही लड्ने पुर्ब अनुमान गरिएको छ ।
बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली र रंगमान शाही अध्यक्षका आकांक्षी छन् । जसमा को कसको टिमबाट उम्मेद्धार बन्ने भन्ने बिषयमा पनि निकै चर्चाको रुपमा हेरीएको छ ।
लाल बहादुर थापाले कालि बहादुर शाहीलाई उम्मेद्धार बनाउने पक्का पक्की भएका छन । भने स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाको टिममा लाल बहादुर ओलीलाइ अगाडी सार्ने गृहकार्य भएकाे देखीन्छ  ।

यता पछिल्लाे पिढिका युवाहरू चुनाव हुनुपर्नेमा जाेड दिएका छन भने केन्द्रीय स्तरका नेताहरूकाे सहमती गरेरै अधिबेशन सम्पन्न पार्ने गृहकार्यमा जुटेका छन । चुनाव हुदा अन्तरिबराेध हुने भएकाेले सहमतीमै टुङ्याउन काेसिसमा लाग्ने एमाले बाजुराका एक नेताले बताएका छन । धेरैकाे युवाहरूकाे भनाइ अब पुस्ता हस्तान्तरण हुन नसकेमा लाेकतान्त्रीक बिधीबाटै भए पनि नेतृत्व लिने बताउदै आएका छन ।

चर्चामा

सम्बन्धित समाचार