शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • स्तनपान गराइरहेको तस्वीर खिच्न नपाइने, अटेरी गरे २ वर्षको जेल !

स्तनपान गराइरहेको तस्वीर खिच्न नपाइने, अटेरी गरे २ वर्षको जेल !

  • शुक्रबार, पुस २३, २०७८
स्तनपान गराइरहेको तस्वीर खिच्न नपाइने, अटेरी गरे २ वर्षको जेल !

काठमाडौं– इंगल्याण्ड तथा वेल्समा कुनै पनि महिलाले स्तनपान गराइरहेको तस्वीर सहमतिबिना खिच्न नपाइने भएको छ । सार्वजनिक रुपमा स्तनपान गराइरहेका महिलाको तस्वीर सम्बन्धित महिलाको अनुमति विना खिच्न नपाइने कानून बेलायतको संसदले पारित गर्दैछ ।

गार्जियनको रिपोर्ट अनुसार स्तनपान गराउने आमाहरुको सहमतिबिना तस्वीर खिच्ने मानिसलाई २ वर्षसम्मको जेल सजायँ हुने कानूनी प्रस्ताव संसदमा पेश भएको छ ।

कानून पुलिस, अपराध, सजायँ तथा न्यायालय सम्बन्धी विधेयकको एक हिस्साको रुपमा उक्त प्रावधान रहेको छ । बेलायतको न्याय मन्त्रालयले संसदमा पेश गरेको विद्यमान कानूनको संशोधन विधेयकमा उक्त विषय समावेश छ ।

बेलायतका न्याय मन्त्री डोमिनिक र्‍याबका अनुसार आत्मसन्तुष्टि वा उत्पीडत र अन्य विभिन्न उद्धेश्यका साथ महिलाको स्तनपानको तस्वीर विना अनुमति खिचेर दिक्क पारिएका महिलाहरुलाई यो कानूनले राहत प्रदान गर्नेछ ।

बीबीसीका अनुसार म्यानचेष्टरस्थित डिजाइनर जुलिया कूपरले सार्वजनिक रुपमा स्तनपान गराउने आमाहरुको तस्वीर खिच्ने कार्यलाई गैरकानूनी बनाउने अभियान गत अप्रिलमा सुरु गरेकी थिइन् ।

स्थानीय पार्कमा आफैले भोगेको पीडा पश्चात् उनले उक्त अभियान सुरु गरेकी थिइन् । उनले भनेकी छिन्, ‘म आफ्नी छोरीलाई स्तनपान गराउनका लागि बसेको बेला अर्को बेञ्चमा एकजना पुरुषले हामीलाई हेरिरहेको मैले देखेँ । उसले आफ्नो डिजिटल क्यामरा निकालेर, जूम लेन्स लगाएर हाम्रो तस्वीर खिच्यो।’

त्यो घटनापछि उनी यस्तो कार्यलाई गैरकानूनी करार गर्ने कानून बनाउनुपर्ने अभियानमा जुटेकी थिइन् ।

अभियानकर्मीहरुले सरकारले बनाउन लागेको कानून स्तनपान गराउने महिलाहरुको जितको रुपमा रहेको बताएका छन् । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार