बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु

कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु

  • बिहिबार, पुस २२, २०७८
कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु

धनगढी — कैलालीमा गोरुगाडा पल्टिदा एक महिलाको मृत्यु भएको छ। भजनी नगरपालिका २ मोहनपुरस्थित सडकमा सोही ठाउँ बस्ने ४० वर्षीय शिबप्रसाद चौधरीले चलाइरहेको गोरुगाडा मंगलबार बेलुकी नालीमा पल्टिएर दुर्घटना हुँदा गोरुगाडामा सवार उनकै श्रीमती ३५ वर्षीया चन्द्रा देवी चौधरीको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार