
वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत मोतिहारी पूर्वीचम्पारण ढाका थाना विश्रामपुर-७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने विगन साह रहेका छन्।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले लुकाई ल्याउँदै गरेको उक्त नगदसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
