• होमपेज
  • समाचार
  • देशभरको मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?

देशभरको मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?

  • बुधबार, पुस २१, २०७८
देशभरको मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौँ — हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

दिउँसो देशशभर बदली रहने मौसम पूर्वानुमान महाशाखाले आँकलन गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ । ती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकीमा वर्षा र हिमतपात हुनसक्ने आँकलन गरिएको छ ।

बिहीबार देशका पहाडी भूभागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रहने महाशाखाको आँकलन छ । प्रदेश १ र २ का एक-दुई स्थानमा वर्षा पनि हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार