शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • जेलमा बसेर लागु औषधको चेन स्थापना : १७ जना पक्राउ

जेलमा बसेर लागु औषधको चेन स्थापना : १७ जना पक्राउ

  • मङ्लबार, पुस २०, २०७८
जेलमा बसेर लागु औषधको चेन स्थापना : १७ जना पक्राउ

काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट लागु औषध नियन्त्रण ब्युरोले ७ हजार एम्पुल लागु औषध सहित १७ जनालाई पक्राउ गरेको छ । आरोपीहरूबाट डाइजेपाम २ हजार ३१६ एम्पुल, फेनारगन २ हजार ३५० एम्पुल र नुर्फिन २ हजार ३३४ एम्पुल बरामद गरेको ब्युरोले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भएका २३ वर्षीय संग्राम मुक्तान, पञ्च स्याङतान, मोरङ घर भएका सुरज सिंह ठकुरी र काठमाडौँको बालाजु बस्ने दीपक महर्जन सहित १७ जना छन् । ​​आरोपीहरूलाई सिन्धुली कारागारमा जेल भुक्तान गरिरहेका भारतीय नागरिक गुड्डु गुप्ताले लागु औषध पठाउन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरु र गुड्डु गुप्ताको बिचमा सो कारागारमा जेल भुक्तान गरिरहेका सन्तोष स्याङतानले फोन सम्पर्क गराउँदै आएको ब्युरोका एसएसपी हृदय थापाले बताए ।

चर्चामा

सम्बन्धित समाचार