शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेकपा एमाले बाजुराको अध्यक्षमा यूवा नेता थापाले उम्मेद्धारी दिने

नेकपा एमाले बाजुराको अध्यक्षमा यूवा नेता थापाले उम्मेद्धारी दिने

  • सोमवार, पुस १९, २०७८
नेकपा एमाले बाजुराको अध्यक्षमा यूवा नेता थापाले उम्मेद्धारी दिने

बाजुरा — नेकपा एमाले बाजुराको ७ औं जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष पदका लागि नेकपा एमाले बाजुराका यूवा तथा प्रभावशाली नेता भरत थापा उम्मेदवारी दिने भएका छन् । विद्यार्थी देखि पार्टी राजनीतिमा निरन्तर सक्रिय रहेका नेता थापा एमाले भित्र प्रभावशाली नेताको रुपमा परिचीत रहेका छन ।
एमालेको जिल्ला अधिवेशन यही पुस २३ गते बाजुराको सदरमुकाम मार्तडीमा हुदैछ । बुढिगंगा नगरपालिकाको कुल्देवमाण्डौमा जन्मिएका नेता थापा २०५३ सालदेखी बिद्यार्थी राजनीतीमा अहोरात्र खटिएने लोकप्रिय नेताका रुपमा परिचित रहेका छन ।
‘बाजुरामा अलग अलग पाटीहरुसँगको प्रतिष्प्रधामा नेकपा एमाले नै जिल्लाको पहिलो शक्ति हो,’ नेता थापाले भने, ‘पार्टीलाई थप उर्जावान बनाउँदै सांगठानिक रुपमा सबै पालिका, वडा र टोल तहमा अब्बल एमाले र वैचारिक तथा सौद्धान्तिक रुपमा गतिशिल एमाले बनाउँने संकल्पका साथ आफु लागिपर्ने बताएका छन । मेरो लामो पाटी संगठन निर्माणको अनुभवका आधारमा अब अध्यक्ष भएर एमाले हाँक्छु उनको भनाई रहेको छ ।’ उनि २०५३ सालमा अनेरास्ववियू बाग्मती प्रदेश कमिटिको सदस्यको जिम्मेवारी समेत समालीसकेका छन ।
नेता थापाले २०५३ सालमा पाटन क्याम्पसको प्राक कमिटि अध्यक्ष हुदै नेकपा एमालेको राजनीती यात्रामा रहेका छन । नेता थापालाई तत्कालीन नेकपा माओबादीले उनलाई एमालेको कार्यक्रता भन्दै ३ महिना अपहरणमा परेका भए पनि नेकपा एमालेको राजनीतीबाट नडग्मगाएको उनले बताएका छन । सालअघिसम्म विद्यार्थी संगठन र त्यसपछि पाटी राजनीतिमा गाउँ तहको प्रतिनीधीत्व देखि, इलाका हुँदै चौथो जिल्ला अधिबेशनदेखी नेकपा एमालेको जिल्ला कमिटि सदस्य मात्रै रहेका छन । नेता थापा जिल्ला कमिटिमा प्रवेश संग्गै निरन्तर रुपमा खटिँदै पाटी संगठन निर्माणमा काम गरेको अनुभव छ ।
नेकपा एमाले र नेकपा माओबादीको गठबन्धनका बेला प्रस्ताबित अध्यक्षको रुपमा रहेका भए पनि उनलाई जिम्मेवारीबाट हटाईएको थियो । सांगठानिक गतिविधिलाई व्यवस्थित गर्दै युवालाई अवसर र अग्रजलाई सम्मान गर्दै एमाले पाटीलाई थप शक्तिशाली, उर्जावान र गतिशिल बनाउने नेता थापाको योजना रहेको बताए । हरेक परिवर्तित आन्दोलनमा सक्रिय थापा एमाले पाटी निर्माणमा अहोरात्र खटिने नेताको रुपमा रहेका छन ।
एमालेलाई थप जनमुखी पाटी बनाउँदै जनताको भरोसाको पाटी निर्माण गरी सबैलाई मिलाएर लैजाने र जुझारु तथा सुदृढ एमाले बनाएर बाजुरामा एमालेको लालकिल्ला थप मजबुद बनाउने नेता थापाले बताए ।
७ औं जिल्ला अधिवेशनबाट एमाले जिल्ला अध्यक्षमा निर्वाचित गराउन शीर्ष नेता देखि गाउँतहका कार्यकर्ताले आफुलाई जिम्मेवारी दिने आशामा नेता थापा रहेका छन् । स्थानीय तह देखि सांसदका चुनाव जित्ने एमाले बनाउन लाग्ने नेता थापाको संकल्प रहेको बताए ।
बाजुरा नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकीए संगै एमाले नेताहरुको दौडधुप तथा अधिबेशनमा केन्द्रीत भएका छन । नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरेको छ । स्थानिय तह र केन्द्रिय अधिबेशन सम्पन्न गरिसकेको एमालेले जिल्लाको पुष २३ गते गर्न निणर्य गरेको छ ।
२३ गते हुने जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुरामा अधिबेशन नजिकिदै जादा जिल्ला अध्यक्षको दौडधुप पनि शुरु भएको छ । जिल्लाको पदाधिकारी सहित सदस्य समेतका आकाङक्षीहरु बढ्ने क्रम पनि जारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार