• होमपेज
  • समाचार
  • कोठामा कोइला बालेर सुतेका एक जनाको मृत्यु

कोठामा कोइला बालेर सुतेका एक जनाको मृत्यु

  • आइतवार, पुस १८, २०७८
कोठामा कोइला बालेर सुतेका एक जनाको मृत्यु

काठमाडौं — दाङमा कोइला बालेर सुतेका एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका -९ अमिलियामा डेरामा बस्दै आएका प्युठानका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार श्रीमान्–श्रीमती कोठाको झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका थिए। बिहान उठ्दासम्म कुसुमको मृत्यु भइसकेको थियो। गम्भीर अवस्थामा उपचारका लागि अस्पताल लगिएकी कुसुमकी श्रीमतीको अवस्था अहिले भने सामान्य छ।

चर्चामा

सम्बन्धित समाचार