शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ
  • डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर

डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर

  • आइतवार, पुस १८, २०७८
डलरलगायत केही देशको मुद्राको भाउ आज स्थिर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर, युरो र पाउण्डलगायतका देशको मुद्राको भाउ शनिबारको आधारमा स्थिर रहेको छ ।

अमेरिकी एक डलरको खरिददर ११८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११९ रुपैयाँ २४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३५ रुपैयाँ १३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ३५ पैसा र बिक्रीदर १६१ रुपैयाँ १६ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार