• होमपेज
  • राजनीति
  • बाजुरामा ४ सय ८० बढीले एमाले जिल्ला अधिवेशनमा भाग लिने

बाजुरामा ४ सय ८० बढीले एमाले जिल्ला अधिवेशनमा भाग लिने

  • आइतवार, पुस १८, २०७८
बाजुरामा  ४ सय ८० बढीले एमाले जिल्ला अधिवेशनमा भाग लिने

बाजुरा — नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनका लागि सर्वसम्मत प्रतिनिधी छनोट गरिएको छ । पार्टी संगठीत सदस्य संख्याको आधारमा ६९ वटै वडाबाट प्रतिनिधी सर्वसम्मत छनोट गरिएको एमाले पार्टी  प्रचार बिभाग विभाग प्रमुख अम र खड्काले  जानकारी दिएका छन् ।

५० जना बराबर १ खुला, ३५ जना बराबर १ दलित, २५ जना बराबर १ जनजाति समुदायबाट प्रतिनिधी छनोट हुने मापदण्ड तय गरि प्रतिनधी छनाैट गरिएकाे प्रचार बिभाग प्रमुख खड्काले बताएका छन । सोही मापदण्ड अनुसार सबै वडामा सर्वसम्मत प्रतिनिधी चयन गरिएको  उनले बताए ।  छनोट भएका प्रतिनिधीको नामविवरण भने आउन बाँकी रहेको छ ।

नामावली विवरण आउन बाँकी रहेपनि जिल्ला संगठन विभागले नै तय गरिएको संख्याका आधारमा प्रतिनिधी छनोट गरिएको छ । जसमा बुढीगंगा र बुढीनन्दा नगरपालिकाबाट सबैभन्दा बढी ६०।६० जना प्रतिनिधी छनोट भएका छन् । भने हिमाली गाउँपालिकामा सबैभन्दा कम २३ जना प्रतिनिधी छनोट भएका छन् ।

स्थानिय तहबाट बडिमालिका नगरपालिकामा, ४९, बुढीगंगा नगरपालिकामा ६०, गौमुल  गाउँपालिकामा ५३, स्वामिकात्र्तिक खापर गाउँपालिकामा २८, हिमाली गाउँबालिकाबाट २१, त्रिवेणी  नगरपालिकाबाट २३, बुढीनन्दा नगरपालिकाबाट ६०, खप्तड छेडेदह गाउँपालिकाबाट २३ र जगन्नाथ गाउँपालिकाबाट ३८ जना प्रतिनिधी आउने  देखिन्छ ।

१।२ जनाको संख्यामा तलमाथि भएपनि सोही संख्याको आधारमा प्रतिनिधी छनोट हुने र विवरण आइसकेपछि मात्र तथ्याकं एकीन हुने संगठन विभागले जनाएकाे छ ।  नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनमा जिल्ला कमिटीमा रहेका ९१ जना, पालिकाबाट छनोट हुने ३५५ र पार्टीका आधिकारीक २२ वटा जनवर्गिय संगठन मध्ये करिब ४५ जनाको  प्रतिनिधीले भाग लिन पाउने छन ।

जनवर्गिय संगठनबाट १ महिला अनिवार्य हुने गरी ३ जना प्रतिनिधीत्व गराउने निर्णय गरिएको छ । यी सबै संख्या जोड्दा जिल्ला अधिवेशनमा ४ सय ८० बढी प्रतिनिधी रहने अनुमान गरिएको छ । जनवर्गिय संगठन अन्र्तगत ८ वटाबाट मात्र प्रतिनिधीत्व गराउने निर्णय पार्टीले गरेपनि जिल्लामा क्रियाशिल संगठन सबैले पाउनु पर्ने दबाब बढेको छ ।

चर्चामा

सम्बन्धित समाचार