शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले जिल्ला अधिबेशन : आज बाजुराका ६९ वटै वडामा प्रतिनिधी छनोट हुदै

एमाले जिल्ला अधिबेशन : आज बाजुराका ६९ वटै वडामा प्रतिनिधी छनोट हुदै

  • शनिबार, पुस १७, २०७८
एमाले जिल्ला अधिबेशन : आज बाजुराका ६९ वटै वडामा प्रतिनिधी छनोट हुदै

बाजुरा  —  नेकपा एमालेको सातौं जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । पौष २३ गते देशभर एकसाथ तोकिएको जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् ।

 ११ हजार ९ सय ६३ जना संगठीत सदस्य रहेको बाजुरामा करिब ५ सय बढी प्रतिनिधी छनोट गरिने  प्रचार बिभाग प्रमुख खड्काले बताएका छन ।

पार्टी जिल्ला कमिटीको बैठकले ५० जना बराबर एक जना खुला, ३५ बराबर एक जना दलित र २५ बराबर एक जना जनजातिले प्रतिनिधीत्व गर्न पाउने भएका छन् । वडाको सदस्यता संख्याको आधारमा प्रतिनिधी छनोट गरिने भएको छ ।

अधिकांश वडाका प्रतिनिधी छनोटको सूची तयार पारिए पनि नाम सार्वजनिक आज  मात्र गरिने भएको छ । छनोट गर्न बाँकी वडामा पनि आज  नै प्रतिनिधी छनोट हुने एमालेले जनाएकाे छ । संगठीत सदस्य बाहेक नेकपा एमालेले जिल्लामा क्रियाशिल जनवर्गिय संगठनलाई समेत ३ जनाका दरले प्रतिनिधी पाउने व्यवस्था गरेको छ ।

पार्टी जिल्ला अधिवेशनलाई भड्कीलो, खर्चिलो नबनाउने केन्द्रीय सर्कुलर नै रहेको छ । पार्टी अधिवेशनको प्रचारलाई सीमित गरिएपनि व्यक्तिले डिजिटल प्रविधि बाहेक प्रचार गर्न नपाउने भनिएको छ । टिम बनाएर उम्मेदवारी दिन नपाउने, प्रचा पम्पलेट सहीतको प्रचारमा समेत रोक लगाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार