• होमपेज
  • राजनीति
  • राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका ९ जना सिफारिस

राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका ९ जना सिफारिस

  • शुक्रबार, पुस १६, २०७८
राष्ट्रियसभा निर्वाचन : कर्णालीबाट एमालेका ९ जना सिफारिस

आसन्न राष्ट्रियसभा निर्वाचनका लागि नेकपा (एमाले) ले कर्णाली प्रदेशबाट सम्भावित उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमाले कर्णाली प्रदेश कमिटीको आज सम्पन्न सचिवालय बैठकले नौ जनाको नाम सिफारिस गरेको हो । तीमध्ये प्राथमिक क्रमअनुसार तीन जना उम्मेदवार छानिने छन् । कर्णाली प्रदेशमा रिक्त तीन जना राष्ट्रियसभा सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार उम्मेदवारका लागि सिफारिस हुनेमा अन्य कलस्टरबाट सुर्खेतका चुडामणि शर्मा, जाजरकोटका गोविन्दविक्रम शाह र कालीकोटका हिरे सुनार छन् । महिला कलस्टरबाट जुम्लाकी गंगा थापा महत, सल्यानकी कुन्ता बस्नेत र मुगुकी सोनाम छोइजुङ भोटे लामा तथा अपाङ्गतातर्फ मुगुका रुपबहादुर बुढा, कालीकोटका केशवराज देवकोटा र सल्यानका शेरबहादुर डाँगीको नाम पठाइएको छ । पार्टी केन्द्रले प्रदेशबाट प्रत्येक कलस्टरमा तीन÷तीन जनाको नाम पठाउन निर्देशन दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार