आज देशभर मौसम बदली भई आकाश खुल्ला भएकाे छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिसकेपछिका दृस्यहरू पनि मनाेरम देखीएका छन । बाजुरामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ ।
सदरमुकाम मार्तडी नजिक र आसपासका डाँडाहरूमा हिमपात भएको छ । मार्तडीबाट धेरै हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा पनि धेरैतिर हिउँ परेकाे छ ।
साेही क्रममा बाजुराकाे सदरमुकामबाट नजिकका गन्तब्यहरूमा बडिमालिका नगरपालिका वडा न ८ मा रहेका खामे, डुग्री, रानीबन, खलाडिल रहेका छन । त्यसै गरी बडिमालिका नगरपालिका ७ काे ढम्कने, पाेरखे लेख कालाजग्रा (टाइगर हिल ) रहेका छन ।