• होमपेज
  • बाजुरा बिशेष
  • बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध

बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध

  • बुधबार, पुस १४, २०७८
बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध
फाइल तस्बिर

बाजुरा —  मंगलबार देखि सुरु भएको बर्षाले पहिरो जादा बाजुरा जिल्लाको मेरुढण्डको रुपमा रहेको मुख्य राजमार्ग साफे मार्तडी सडक अबरुद्ध भएको छ । हिमपात संगै बर्षाका कारण बल्देमा पहिरो जादा बाजुराको यातायात अबरोध भएको छ । त्यसै गरी हिमपातका मार्तडी कोल्टी सडक पनि अबरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा रहेको पोरखे लेकमा अत्याधिक हिमपात भएका कारण मार्तडी कोल्टी सडक अबरोध भएको यातायात ब्यबासायीले बताएका छन ।
बर्षातले साँफे मार्तडी सडक खण्डको बन्दे देखी द्धारीसम्मको सडक पहिरोले बिगत पाँच बर्ष देखी तहस नहस हुदै आएको छ । मंगलबार राति देखि बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र बेसी तिर पानी परि रहेकोले सो क्षेत्रको सडक बासीएको र कच्चि सडक भएकोले केही भागमा हिलाम्मे बनेकोले हिजो राति देखि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनदेब साउदले बताएका छन् ।
लगातारको बर्षाले सडक भाँसी रहेको छ, हिलाम्मे बनेको र पानी नरोकीदा सम्म सडक संचालन हुन नसक्ने बताएका छन् । लगातारको पानीले अन्य ग्रामीण सडक समेत अबरुद्ध भएको छन् ।

चर्चामा

सम्बन्धित समाचार