शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराकाे बडिमालिका नगरपालिकाका २५ बिद्यालय तिन तारे बन्दै

बाजुराकाे बडिमालिका नगरपालिकाका २५ बिद्यालय तिन तारे बन्दै

  • मङ्लबार, पुस १३, २०७८
बाजुराकाे बडिमालिका नगरपालिकाका २५ बिद्यालय तिन तारे बन्दै

बाजुरा — बाजुरा जिल्लाको पहिलो नगरपालिकाको रुपमा रहेको बडिमालिका नगरपालिकाका २५ ओटै बिद्यालयहरु तिन तारे बन्ने भएका छन । विध्यालयलाई तिन तारे नमुना विद्यालय घोषणा बनाउन बिभिन्न अभियानमा संचालन गरिएका छन ।
बडिमालिका नगरपालिकासंगको समन्वय तथा युनिसेफकाे सहयाेगमा नमुना विध्यालय घोषणा गर्नको लागि निर्धारण गरेका दश सुचकमा खानेपानी, शौचालय, सरसफाई स्वच्छता हरियाली वातावरण, शिक्षा, महिला स्वच्छता व्यवस्थापन, संस्थापन व्यवस्थापन, विपत जोखिम व्यवस्थापन, अनुगमन तथा जवाफदेहीता लगाएतका १० ओटा सुचकहरु पुरा गरेकाले विध्यालय नमुना घोषणा गरिने युनिसेफका प्रतिनिधी इन्जीनियर राजेन्द्र जैशीले बताएका छन ।
बिद्यालयलाई तिन तारे घोषणाका लागि नेपाल सरकारले निधारणर गरेका १० ओटा सुचक पुरा भएमा बिद्यालय तिन तारे घोषण गर्न सकिने आधार तयार गरे अनुसार बडिमालिका नगरपालिकाका सबै बिद्यालयहरुमा सो काम अगाडी बढाएको बडिमलिका नगरपालिका उप प्रमुख कबिता बिष्टले बताईन ।
नगरपालिकामा रहेका सबै बिद्यालयमा सबै सुचक सहितका बिद्यालय भवन शौचालयहरु बन्दै गरेको र केही बिद्यालयमा सो काम पुरा भएकोले अवको केही दिनमा केही बिद्यालयहरु तिन तारे घोषणा गरिने उप प्रमुख बिष्टले बताएकी छन ।
बिद्यालयमा सुचकको अबस्थाका बारेमा मंगलबार केही बिद्यालयको अनुगमन पनि गरिएको छ । उप प्रमुख कबिता बिष्टको संयोजकत्वमा रापकमा रहेको मस्टेश्वरी आधारभुत बिद्यालय र नेपाल राष्ट्रिय माबिको अनुगमन गरिएको छ । अनुगमनमा बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवाल नगरपालिकाका प्रशासन प्रमुख वडाका जनप्रतिनिधी पत्रकार र युनिसेफका प्रतिनिधीहरुको टोलीले सयुक्तरुपमा अनुगमन गरेको छ ।
अनुगमनको क्रममा नेपाल सरकारले निधारण गरेका १० ओटै सुचक पुरा गरेको र अव तिन तारे घोषण गर्न मिल्ने अनुगमनको टोलीका प्रतिनिधीहरुले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार