• होमपेज
  • समाचार
  • भारतीय कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु

भारतीय कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु

  • मङ्लबार, पुस १३, २०७८
भारतीय कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु

काठमाडौं — रौतहटको गौर-चपुर सडकखण्डको सखुअवा र जयनगरको बीचमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्‍यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार मृतको पहिचान खुल्‍न सकेको छैन । उक्त कारमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार