• होमपेज
  • समाचार
  • लोहोरोले हानेर श्रीमतीको हत्या

लोहोरोले हानेर श्रीमतीको हत्या

  • सोमवार, पुस १२, २०७८
लोहोरोले हानेर श्रीमतीको हत्या

फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर ४५ वर्षीया जीवनकुमारी नेम्वाङ गम्भीर घाइते भएकी थिइन । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

जीवनकुमारीको टाउकोमा लोहोरोले लागेको थियो । उनको झापाको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

जीवनकुमारीको मृत्युपछि मात्रै घटनाबारे थाहा पाएको प्रहरीले जनाएको छ । प्रहरीले इन्द्रकुमारलाई घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार