शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • राजनीति
  • धुरालशैन माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी गठन

धुरालशैन माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी गठन

  • आइतवार, पुस ११, २०७८
धुरालशैन माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी गठन

निराजन सिंह — जिल्लाको बुढिगंगा १ स्थित धुरालशैन माध्यामिक बिधालयमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु प्रा क कमिटि गठन गरिएकाे छ । धुरालशैन माध्यामिक बिधालयमा अनेरास्ववियु कमिटी अध्यक्षमा  सोभा थापा सर्वसम्मत चयन भएकि छन् ।

अनेरास्ववियुले आइतबार आयोजना गरेको अधिवेशनबाट एमालेका भातृ संगठन अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु) धुरालशैन माविको अनेरास्ववियु बुढिगंगा नगर कमिटी सदस्य सुमन रौलेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बडिमालिका क्याम्पस अनेरास्ववियु अध्यक्ष निर्प शाही प्रमुख अतिथी  रहेका थिए ।
सोभा थापा अध्यक्ष सर्वसम्मत उपाध्यक्ष दिपिन्द्र थापा सचिब नबराज तिमिल्सिना सहसचिब रेखा कुमारी पाध्याय र विशाल थापा गरि जम्मा २७ जना समितिमा रहने गरि समिती गठन गरिएको अनेरास्वियूले जनाएकाे छ ।
धुरालशैन माध्यामिक बिद्यालयमा संचालन भएको कार्यक्रममा अनेरास्ववियु नगर कमिटी सचिब पबन जोशी अनेरास्ववियु बडिमालिका क्याम्पस सह सचिब लोकेन्द्र भण्डारी अतिथी रहेको कार्यक्रमको संचालक तुलाराम पाध्यायले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार