शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाको पहिलो चौमाशिक प्रगती ३ प्रतिशत बजेट खर्च

बडिमालिकाको पहिलो चौमाशिक प्रगती ३ प्रतिशत बजेट खर्च

  • आइतवार, पुस ११, २०७८
बडिमालिकाको पहिलो चौमाशिक प्रगती ३ प्रतिशत बजेट खर्च

बाजुरा — जिल्लाको बडिमालिका नगरपालिकाको पहिलो चौमाशिक प्रगती अनुसार ३ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । बडिमालिका नगरपालिकाको पहिलो चौमाशिक समिक्षा गोष्ठीको समिक्षा कार्यक्रमको सो कुरा उल्लेख गरिएको थियो । नगरपालिकाका लेखा शाखाका मनिराम खत्रीको प्रस्तुती अनुसार कुल बजेटको ३ दशमलव ४४ प्रतिशत पुजिगत खर्च भएको बताए ।
समानीकरण बजेट भने एकदम थोरै खर्च भएको लेखा शाखाको प्रतिबेदनमा उल्लेख गरिएको थियो । बडिमालिका नगरपालिकाको बार्षिक कार्यक्रमको पहिलो चौमाशिक समिक्षा गोष्ठीमा नगर प्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएको बडिमालिका नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताएका छन ।
नगरपालिकाका बिषयगत शाखाहरुको चौमाशिक समिक्षा गरिएको र के कती कार्यहरु अगाडी बढाईएको भन्ने बिषयमा बिषयगत शाखाका प्रमुखहरुले कार्यक्रमहरु प्रस्तुत गरिएको प्रमुख प्रशासकिय अधिकृत बिकले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार