शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • ग्लोबल आईएमई बैंकका ग्राहकलाई बैंकिङ एप चलाउन साक्षरता कार्यक्रमको आयोजना

ग्लोबल आईएमई बैंकका ग्राहकलाई बैंकिङ एप चलाउन साक्षरता कार्यक्रमको आयोजना

  • शनिबार, पुस १०, २०७८
ग्लोबल आईएमई बैंकका ग्राहकलाई बैंकिङ एप चलाउन साक्षरता  कार्यक्रमको आयोजना

बाजुरा — ग्लोबल आईएमई बैंक जिल्ला शाखा बाजुराका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड जिल्ला शाखा बाजुराले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन सिक्नका लागि निशुल्क साक्षरता कार्यक्रमको आयोजना गरेको हो । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गर्नुका साथै एप्लीकेशनका बारेमा जानकारी गराएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाले जनाएको छ ।
यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २६३ शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८५० सेवा केन्द्रबाट २७ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै यसको भरपुर सदुपयोग गरी समयको सहि सदुपयोग गरी बढिभन्दा बढि आयआर्जन गर्न यो अभियानले सार्थकता पाउने बैंकले जनाएको छ । समय-समयमा यस्ता विभिन्न किसिमका योजनाहरू ल्याई आफ्ना ग्राहकहरूलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरू प्रदान गर्दै लैजाने बैकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार