शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिद्युत प्रधिकरण भन्छ टिओटी मिटर राख्ने बिषयमा त्रिबेणी प्रकृयामा आएको छैन

बिद्युत प्रधिकरण भन्छ टिओटी मिटर राख्ने बिषयमा त्रिबेणी प्रकृयामा आएको छैन

  • शनिबार, पुस १०, २०७८
बिद्युत प्रधिकरण भन्छ टिओटी मिटर राख्ने बिषयमा त्रिबेणी प्रकृयामा आएको छैन

बाजुरा — त्रिबेणी बचत तथा रिण सहकारी संस्था लिमिटेड बाजुराद्धारा संचालित बाजुरा साना जलबिद्युत केन्द्रमा राष्ट्रिय प्रशासरणको लाइन बिस्तारको लागि कुनै पनि प्रक्रियामा नआएको बताएको छ ।
नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाका निर्देशकसंग जंग बहादुर चन्द संगको कुराकानीमा यस्तो बताएका हुन । यस अघि त्रिबेणी बचत तथा रिण सहकारी संस्थाले बिद्युत क्षेमता बढाउन राष्ट्रिय प्रशारणको लाईनमा टिओटी मिटर थपेर दिने भन्ने कुरा झुटो साबित भएको छ ।
यस बिषयमा त्रिबेणीले हाम्रो लाईन २० बर्षका लागि लिजमा लिएको र अझै ८ बर्ष बाकी रहेकोले हामी त्यो बिद्युत संग राष्ट्रिय प्रशारणको लाइन दिन नसकिने बिद्युत प्राधिकरण क्षेत्रिय निर्देशक चन्दले पत्रकारहरु संगको कुराकानीमा बताएका छन ।
२०६६ सालमा सुदुर पश्चिम प्रदेशमा कार्यालय स्थापना भएको र त्रिबेणी बचत तथा रिण सहकारी संस्थाको संगको सम्झौताको कुनै पनि श्रेस्ता कार्यालयमा नभएको बिद्युत प्राधिकरण क्षेत्रीय निर्देशक चन्दको भनाई रहेको छ ।
बाजुरा जिल्लाको सदरमुकाममै दैनिक १० घण्टा लोडसेडीङ भईरहेको अबस्थामा निर्देशक सहितको टोली बाजुरा पुगेको अबसरमा पत्रकारहरु संग बिद्युत लाईन बिस्तारको बिषयमा छलफल भएको छ ।
निर्देशक सहित पत्रकार संगको छलफलमा हाल त्रिबेणी बचत तथा रिण सहकारी संस्थालेृ चलाईरहेको बिद्युत नेपाल सरकार मातहतमै रहेको भए पनि यस बिषयमा के कस्तो रहेको छ भन्ने बिषयमा लिखित मौखीक कुनै जानकारी नआएको बताएका छन ।
यता त्रिबेणी बचत तथा रिण सहकारी संस्थाद्धारा संचालति बाजुरा साना जलबिद्युत केन्द्रका बारेमा एक हप्ता अगाडी भएको पत्रकार सम्मेलनमा टिओटी मिटरको प्रकृया अगाडी बढाईएको र तलबाट लाईन बिस्तार हुने बित्तीकै त्यो लाईन बाजुरा साना जलबिद्युत संग टिओटी मिटर थप्ने बताएको भए पनि यो झुटो आस्वसन साबित भएको छ ।
हाल सम्म त्रिबेणी बचत तथा रिण सहकारी सस्थाले चलाएको बिद्युतमा राष्ट्रिय प्रशारणको लाइन बिस्तार गर्ने प्रक्रिया नै नभएको निर्देशक चन्दले प्रस्ट पारेका छन ।
बाजुराका बिभिन्न ठाउँमा हामीले सहज रुपमा नेपाल बिद्युत प्राधिकरणको लाईन बिस्तार गरी उपभोक्ताहरुलाई सहज रुपमा बिद्युत दिन सकेका छौ । यस्तो लोडसेडिङ भइरहेको सदरमुकाममा त्रिबेणीकै कारणले बिद्युत बिस्तार गर्न नसकेको उनले बताए ।
त्रिबेणीले सहज रुपमा हामी चलाउन सक्दैनौ भनेर फेर्ता गरेमा १५ दिनमै नेपाल बिद्युत प्राधिकरणको लाईन दिन सकिने पनि उनले बताए । हाल अछामको साफेँबगरमा रहेको स्टेशनबाट ११ केबीको लाइन केही दिनमै बिद्युत पावर हाउस मार्तडी सम्म पुग्ने भए पनी हामी सहकारीलाई दिन कठिनाई भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार