शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • एकता युवा संजालले गर्यो बिद्यालयलार्ई शैक्षिक र बाध्यबादन सहयोग

एकता युवा संजालले गर्यो बिद्यालयलार्ई शैक्षिक र बाध्यबादन सहयोग

  • शुक्रबार, पुस ९, २०७८
एकता युवा संजालले गर्यो बिद्यालयलार्ई शैक्षिक र बाध्यबादन सहयोग

बाजुरा — बुढीगंगा नगरपालिकामा रहेको एकता युवा संजालले भगवती माध्यमिक बिधालयलाइ शैक्षिक सामाग्री र बाध्यबादन सहयोग गरेको छ । बुढिगंगा नगरपालिका १० सेलापाखामा रहेको सो बिद्यालयलाई मादल ,डिस्नेरी मार्कर गरि ६ हजार बराबर साम्रगी बितरण गरिएको एकता युवा संजालका अध्यक्ष निरन्जन सिहंले बताएका छन ।
यस अगि पनि भालुले आक्रमण गरि घाइते भएकि कौसिल्ला लाई ५ हजार सहयोग गरेको अध्यक्ष सिहंले जानकारी दिएका छन । जुवापानी बाट सुरु भएको युवा संजाल ले गाउमा आफ्नै खल्ती को पैसा खर्छ गर्दै चौतारा पुल सरसफाइ गर्दै आएको युवा संजालका सचिव कुसल सिंहले बताए ।
अहिले देउसी भैलो खेलेर उठाएको पैसाले बिद्यालयलाई सहयोग गर्ने अभियान सुरु गरेको हुदा भगवती माध्यमिक बिधालय बाट अभियान सुरु गरेको सचिव कुशल सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार