शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेकपा एमालेकाे जिल्ला सदस्यमा वडा अध्यक्ष जाेशीकाे उम्मेद्धारी रहेने

नेकपा एमालेकाे जिल्ला सदस्यमा वडा अध्यक्ष जाेशीकाे उम्मेद्धारी रहेने

  • शुक्रबार, पुस ९, २०७८
नेकपा एमालेकाे जिल्ला सदस्यमा वडा अध्यक्ष जाेशीकाे उम्मेद्धारी रहेने

बाजुरा — नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरेको छ । स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले यहि पुष २३ गते जिल्ला अधिवेशन गर्न निणर्य गरेको छ । त्यसैगरी नेकपा एमाले बाजुराको जिल्ला अधिबेशनको पनि माहोल तातिदै गएको छ। अधिवेशन नजिकीए संगै एमाले नेताहरुले बिभिन्न पदमा उम्मेदवारी घोषणा गर्दै दौडधुप तथा अधिबेशनमा केन्द्रीत हुन थालेका हुन्।
२३ गते हुने जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते जिल्ला कमिटी बैठक समेत बोलाइसकेको छ । अधिबेशन नजिकिदै गर्दा बाजुरा जिल्लामा पनि अध्यक्ष,सचिव र उप-सचिव लगाएत बिभिन्न पदका लागि दौडधुप पनि शुरु भएको छ । जिल्लाको पदाधिकारी सहित सदस्य समेतका आकाङक्षीहरु बढ्ने क्रम पनि सुरु भएको छ। बुढिगंगा नगरपालिकामा १० जना वडा अध्यक्ष मध्य नेकपा एमाले सूर्य चिन्ह बाट ६ जना वडाध्यक्ष विजय भएका थिए। जस मध्ये सबै भन्दा बलिया र अब्बल मानिएका वडा नम्बर १० का वडाध्यक्ष तथा युवानेता धर्मराज जोसीले जिल्ला कमिटि सदस्यमा उम्मेद्धारी दिने घोषणा गरेका छन । वडा अध्यक्ष जोसीले जिल्ला कमिटी सदस्यको तयारीमा लागेको खुलाएका हुन।
हाल वडा अध्यक्ष रहेका जोसी बिभिन्न सामाजिक क्षेत्र, लगायत समाजमा हुने गरेका हरेक खालका विसंगती बिरुद्धको बुलन्द आवाज उठाउने युवा नेताको रुपमा जिल्लामा परिचित छन्। एक सामान्य परिवारमा जन्म लिई राजनितिमा होमिएका अध्यक्ष जोशीले पहिलो पटक जिल्ला कमिटी सदस्यमा उम्मेद्वारी दिने बताएका हुन्। बुढिगंगामा निर्बाचित जनप्रतिनिधीहरु मध्ये सबै भन्दा सालिन, इमान्दार, निडर, प्रष्ट बक्ता तथा उर्जावान जनप्रतिनिधिको रुपमा जनताले बुझ्ने गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार