शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • एनसिसी स्थापना दिवसको अवसरमा मालिका मन्दिर सरसफाई

एनसिसी स्थापना दिवसको अवसरमा मालिका मन्दिर सरसफाई

  • शुक्रबार, पुस ९, २०७८
एनसिसी स्थापना दिवसको अवसरमा मालिका मन्दिर सरसफाई

बाजुरा — नेपाली सेनाले राष्ट्रिय सेवादल अल्मुनाइ एसोसिएशन नेपाल (एनसीसी) को स्थापना दिवसको अवसरमा बाजुरा जिल्लाको सदरमुकाममा रहेको मालिका मन्दीर परिसर सरसफाई गरिएको छ । पाली सेनाको राष्ट्रिय सेवा दलद्वारा सञ्चालित अभिमुखिकरणबाट प्रशिक्षित क्याडेडहरुको स्थापना दिवसको अवसरलाई लक्षित गरी मालिका मन्दीरको सरसफाई गरिएको नेपाली सेनाले जनाएको छ ।
मालिका उमाबी कन्भर्स एकेडेमी बडिमालिका बोडिङ स्कुल र क्रेटर जोन एकेडेमीका एनसीसी तालिममा सहभागी र दुर्गाभनज्याङ गुल्मको आयोजनमा मन्दीर सरसफाई गरिएको हो ।
स्वाभिमानी नागरिक तथा सभ्य र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान भन्ने मुल नाराका साथ मालिका मन्दीर परिसर सरसफाई गरिएको दुर्गाभनज्याङ गुल्मका क्याप्टनले बताए ।
यौन हिसां सदाका लागि अन्त्य गरौ, मिलिजुली कायम गरौ नेपालीको भातृत्व, ग्रामीण क्षेत्रको बिकाश हामी सबैको सझा दायित्व भन्ने मुल उदेस्यका साथ सो अभियानलाई प्राथमिकता दिएको दुर्गाभनज्याङ गुल्मले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार