शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • नेता बानिँयाद्धारा उप सचिवमा उम्मेद्धारी दिने घोषणा

नेता बानिँयाद्धारा उप सचिवमा उम्मेद्धारी दिने घोषणा

  • बिहिबार, पुस ८, २०७८
नेता बानिँयाद्धारा उप सचिवमा उम्मेद्धारी दिने घोषणा

बाजुरा — नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकीए संगै एमाले नेताहरुको दौडधुप सुरु भएको छ । नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरे संगै बाजुरामा पनी एमाले नेता तथा कार्यक्रताहरुको दौडधुप सुरु भएको हो । स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले जिल्लाको पुष २३ गते गर्न निणर्य गरे संगे बाजुरामा जिल्ला कमिटिको पदाधीकारीहरुको लागि दौडधुप सुरु गरेका छन ।
२३ गते हुने बाजुराको जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते जिल्ला कमिटी बैठक समेत बोलाइसकेको छ ।

अधिबेशन नजिकिदै जादा बाजुरामा जिल्ला अध्यक्ष देखी पदाधीकारीहरुको आकाङक्षीहरु बढदै गएका छन । जिल्लाको पदाधिकारी सहित सदस्य समेतका आकाङक्षीहरु बढ्ने क्रम पनि सुरु भएको छ । सोही क्रममा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य राम बहादुर बानिँयाले जिल्ला कमिटि उपसचिवमा उम्मेद्धारी दिने बताएका छन ।  बानियाले जिल्लाको उपसचिवको तयारीमा लाग्ने वताएका हुन ।
अनेरास्वबीयूको विद्यार्थी राजनीतिबाट सुरु गरेका बानियाँ हाल पार्टीको जिल्ला कमिटि सदस्य तथा सचिवालय सदस्य समेत रहेका छन । बानिँया कसैको मनलाई नबिझाउने युवा नेताको रुपमा परिचित छन । नेकपा एमाले पार्टीलाई बलियो एमाले बनाउने उदेस्यका साथ आफुले उप सचिवमा उम्मेद्धारी दिने बानिँयाले बडिमालिका खवरसंगको कुराकानीमा बताएका छन ।
बानियाले बिभिन्न मोर्चामा रहेर काम गरिसकेकोले जिल्लाको पदाधिकारीमा काम गर्ने उदेस्यका साथ उपसचिवमा उम्मेद्धारी दिने बानिँयाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार