बाजुरा — नेकपा एमाले बाजुराको जिल्ला अधिबेशन नजिकीए संगै एमाले नेताहरुको दौडधुप सुरु भएको छन । नेकपा एमालेले देशभरमै पुष २३ गते जिल्ला अधिबेशन गर्ने तय गरे संगै बाजुरामा पनी एमाले नेता तथा कार्यक्रताहरुको दौडधुप सुरु भएको हो । स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेले जिल्लाको पुष २३ गते गर्न निणर्य गरे संगे बाजुरामा जिल्ला कमिटिको पदाधीकारीहरुको लागि दौडधुप सुरु गरेका छन ।
२३ गते हुने जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते जिल्ला कमिटी बैठक समेत बोलाइसकेको छ । अधिबेशन नजिकिदै जादा बाजुरामा जिल्ला अध्यक्ष देखी पदाधीकारीहरुको आकाङक्षीहरु बढदै गएका छन । जिल्लाको पदाधिकारी सहित सदस्य समेतका आकाङक्षीहरु बढ्ने क्रम पनि सुरु भएको छ । सोही क्रममा नेकपा एमाले बाजुराका जिल्ला कमिटि सदस्य यूवराज शाहीले जिल्ला कमिटि उपसचिवमा उम्मेद्धारी दिने बताएका छन । । शाहीले जिल्लाको उपसचिवको तयारीमा लाग्ने वताएका हुन ।
अनेरास्वबीयूको विद्यार्थी राजनीतिबाट सुरु गरेका शाही हाल पार्टीको जिल्ला कमिटि सदस्य रहेका छन । शाही कसैको मनलाई नबिझाउने युवा नेताको रुपमा परिचित छन । नेकपा एमाले पार्टीलाई बलियो एमाले बनाउने उदेस्यका साथ आफुले उप सचिवमा उम्मेद्धारी दिने बडिमालिका खवरसंगको कुराकानीमा बताएका छन ।
नेता शाही अनेरास्ववियु सेतिअन्चल उपसचिव, बाजुरा काठमाडौ सम्पर्कमंच कोषआअध्यक्ष, युवा संघमा दुइ कार्यकाल हुँदै महाअधिबेसन प्रतिनिधि, खेलकुद महासघ जिल्ला अध्यक्ष हुँदै हाल केन्द्रिय सचिबालय सदस्य २०६८ साल देखि निरन्तर ने क पा (एमाले )जिल्ला कमिटी सदस्य र रास्टिय युवा परिषद बाजुरा जिल्ला अध्यक्ष समेत भईसकेकोले अबको पालो उपसचिवमा रहेको उनले बताएका छन ।
नेता शाहीले बिद्यार्थी राजनितिबाट यात्रा सुरु गरेकोले अब पार्टी नेतृत्वले सही मुल्याङकन गर्नेमा कुनै द्धिबिधा नभएको बताए । बिभिन्न मोर्चामा रहेर काम गरिसकेकोले जिल्लाको पदाधिकारीमा काम गर्ने उदेस्यका साथ उपसचिवमा उम्मेद्धारी दिने शाहीले बताएका छन ।