• होमपेज
  • समाचार
  • एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते

एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते

  • मङ्लबार, पुस ६, २०७८
एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते

धनगढी — कैलालीको मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढीको चटकपुर क्षेत्रमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्। मंगलबार बिहान सुप्रप ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले से७प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन।

चर्चामा

सम्बन्धित समाचार