बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कोल्टी क्षेत्रका ४ वटा मेडिकल शिल

बाजुराको कोल्टी क्षेत्रका ४ वटा मेडिकल शिल

  • सोमवार, पुस ५, २०७८
बाजुराको कोल्टी क्षेत्रका ४ वटा मेडिकल शिल

बाजुरा — जिल्लाको उत्तरी क्षेत्रमा रहेका ४ ओटा मेडिकलहरु औषधी ब्यबस्था बिभागले शिल गरेको छ । मेडिकलहरु गैरकानुनी रुपमा चलाएको भन्दै औषधी ब्यबस्था बिभागले मेडिकलहरु शिल गरेको हो ।
कोल्टीमा रहेका नबिन मेडिकल, बिशाल आयुबेर्द औषधी पशल शिल गरेको छ भने प्रभा आयुबेर्द पसलका संचालक सन्तोष साह भने फरार रहेको बुझिएको छ । त्यसै गरि पिलुचौरमा रहेका जनता स्वास्थ्य क्लिनीक र संज्याल हेल्थ किल्निक पनि शिल गरेको जनाएको छ । मेडिकल संचालक शाह अनुगमनको टोली आएको थाहा पाउने बित्तीकै पसल बन्द गरेर भागेका अनुगमन टोलीले जानकारी दिएको छ ।
औषधी ब्यबस्था बिभागका शाखा अधिकृत धन बहादुर बोहराको नेतृत्वमा आएको टोलीले अनुगमनको क्रममा गैरकानुनी रुपमा संचालन भएका मेडिकलहरु भेटिएपछि शिल गरेको जनाएको छ ।
बिशाल आयुबेर्द पशल बुढिनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसी ल्वारको हो भने प्रभा आयुबेर्द पसल नगरपालिकाका कर्मचारी सन्तोश शाहको रहेको छ । दुबै जनाले आयुबेर्दको इजाजत पत्र लिएर एलोपेथिक औषधी बिक्री गर्दै आएको जनाएको छ ।
बुढिनन्दा नगरपालिका र जिल्ला प्रशासन कार्र्यालय बाजुराले पटक पटक गैरकानुनी रुपमा मेडिकल संचालन नगर्न निर्देशन दिएको भए पनि संचालकहरुले अटेर गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार