शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे हिमाली गाउँपालिकामा नागरिकता सम्बन्धी घुम्ती शिबिर सूरू

बाजुराकाे हिमाली गाउँपालिकामा नागरिकता सम्बन्धी घुम्ती शिबिर सूरू

  • आइतवार, पुस ४, २०७८
बाजुराकाे हिमाली गाउँपालिकामा नागरिकता सम्बन्धी घुम्ती शिबिर सूरू

बाजुरा —  बाजुराको  हिमाली  गाउँपालिकाले शनिबार देखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरकाे छ । हिमाली गाउँपालिकाकाे आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा शनिबार बाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेकाे हाे ।
गाउँपालिका भित्रका वडाका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई हिजाेबाट गाउँपालिकाकाे केन्द्र धुलाचाैरमा नागरिकता वितरण कार्य सुरू गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताएका छन ।
जिल्लाकाे सदरमुकाम मार्तडीमा आएर नागरिकता बनाउन नसकेका गाउँपालिकाका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराकाे टाेलीले गाउँपालिकामै पुगेर नागरिकता वितरण गर्न लागेकाे हाे ।
जिल्ला प्रशासन कार्यालयबाट खटिएको नागरिकता वितरण टाेलिले नागरिकतासंगै फोटो सहितको मतदाता नामावली समेत बनाउने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ। यस अघि नागरिकता बनाउनकै लागि साे गाउँपालिकाका स्थानीयहरू २ दिनकाे पैदल यात्रा गरेर सदरमुकाम मार्तडीमा आउने गरेका थिए । गाउँपालिकाकाे आयाेजना र प्रशासनकाे नागरिकता बनाउने टाेली गाउँमा आएर नागरिकता वितरण गरेपछि स्थानीयहरू खुसि भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार