शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • सर्वदलीय बैठकमा एमाले नजाने

सर्वदलीय बैठकमा एमाले नजाने

  • आइतवार, पुस ४, २०७८
सर्वदलीय बैठकमा एमाले नजाने

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

यसअघि २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिए । ती बैठकमा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी भएकाले एमाले नेताहरुले बैठक बहिस्कार गरेका थिए ।

एमाले विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा सामेल भएको छैन । वर्षे अधिवेशनभर र हिउँदे अधिवेशनको पहिलो बैठकमा पनि एमालेले विरोध जनाएको थियो । हिउँदे अधिवेशनको दोस्रो बैठक पुस ६ गते दिउँसो १ बजे बस्दै छ ।

चर्चामा

सम्बन्धित समाचार